दुबईबाट कपडामा लेपन गरेर सुन ल्याउने दुई भारतीयलाई ७ दिन थुनामा राख्न अनुमति

२०८१ जेष्ठ १, मंगलवार

काठमाडौँ : दुबईबाट कपडामा लेपन गरेर सुन लिएर आएका दुई जना भारतीय नागरिकलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

आइतबार प्रहरीले भारतीय नागरिक ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहन कुमार गणेशनलाई पक्राउ गरेर भन्सार कार्यालयमा बुझाएको थियो । अण्डरवेयर, टिसर्ट र पाइन्टमा लेपन गरिएको सुन सहित कपडाको तौल ५ केजी १ सय ग्राम मापन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार