कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

२०८१ जेष्ठ १, मंगलवार

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव प्रस्तुत गर्न बसेको राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसदहरूले अवरोध गरेका हुन्। कांग्रेसको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले आगामी जेठ ३ गतेसम्मका लागि स्थगित भएको जानकारी सभालाई गराएका छन्।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ। प्रतिनिधिसभा बैठकमा पनि सोही माग राखेको भन्दै राष्ट्रिय सभा पनि चल्न नदिने कांग्रेसले बताएको छ।

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले धन्यवाद सभा मात्रै भएकाले बैठक चल्न दिन आग्रह गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार