कांग्रेसले अवरुद्ध पारेपछि प्रतिनिधि सभाको बैठक स्थगित, अर्को बैठक जेठ ३ गते

२०८१ जेष्ठ १, मंगलवार

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध पारेपछि प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने र राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको थियो। तर विषयमा प्रवेश गर्न नपाउँदै नेपाली कांग्रे ले नाराबाजी गरी अवरुद्ध गरेसँगै बैठक आजका लागि स्थगित गरिएको हो।

कांग्रेस ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा सरकारले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ। अर्को बैठक जेठ ३ गते बिहीबार ११ बजे बस्नेगरी बोलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार