दिल्लीले लखनउलाई १९ रनले हरायो

२०८१ जेष्ठ २, बुधबार

काठमाडौं : इंडियन प्रिमियर लिग (आईपीएल)को अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाएन्ट्सलाई पराजित गरेको छ ।

घरेलु मैदानमा सोमबार राति भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । २०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १८९ रन मात्रै बनायो । लखनउका निकोलस पुरनले ६१ र अर्षद खानले ५८  रन बनाए पनि हार टार्न सकेनन् । अरु ब्याटर भने खासै चल्न सकेनन् । क्रुनाल पण्ड्याले १८, युधवीर सिंहले १४  र क्विन्टन डी ककले १२ रन जोडे ।

दिल्लीका इशान्त शर्माले ३, खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव र ट्रिस्टन स्टब्सले एक/उक विकेट लिए । पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेट गुमाएर २०८ रन बनाएको थियो । अभिषेक पोरेलले ५८, ट्रिस्टन   स्टब्सले ५७, साइ होपले ३८ र ऋषभ पन्तले ३३ रनको योगदान गरे । लखनउका नवीन उल हकले २, अर्शद खान र रवि विश्नोइले एक/एक विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार