थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु

२०८१ जेष्ठ २, बुधबार

काठमाडौँ : राजतन्त्रको अपमान गरेको अभियोगमा थाइल्याण्डमा थुनामा रहेकी अभियन्ता नेतिपर्ण सनेसाङ्खोमको मृत्यु भएको छ । उनी २८ वर्षकी थिइन् र विगत केही महिनादेखि अनशनमा थिइन् ।

नेतिपर्ण सानेसाङ्खोमलाई ‘थालुबाङ्’ भनेर पनि चिनिन्छ। मंगलबार नेतिपर्णको मुटुले अचानक काम गर्न छोडेको अधिकारीहरुले बताएका छन् । नेतिपर्ण २६ जनवरीदेखि हिरासतमा थिइन् । उनीविरुद्ध सातवटा मुद्दा दर्ता भएका छन् । तीमध्ये दुईवटा घटना राजतन्त्रको अपमानसँग सम्बन्धित थिए ।

नेतिपार्नले थाइल्याण्डको न्यायिक प्रणालीमा सुधारको माग गर्दै आएएकी थिइन् । उनी हिरासतमा भएदेखि नै आन्दोलनमा थिइन् । थाइल्याण्ड विश्वका ती देशहरूमध्ये एक हो जहाँ राजतन्त्रको अपमान गर्नेलाई निकै कठोर सजाय दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार