सुनको मूल्यमा भारी वृद्धि

२०८१ जेष्ठ २, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ३८ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १७ सय ४० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १७ सय ४५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार