रामेछापमा भरुवा बन्दुक पड्किँदा एक जना घाइते

२०८१ जेष्ठ २, बुधबार

काठमाडौं : रामेछापमा भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन्। रामेछाप नगरपालिका- ६ च्यास्कुका ५२ वर्षीय रामबहादुर तामाङले सोमबार भरुवा बन्दुक खेलाउने क्रममा पड्किएर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

बन्दुकको छर्रा, बारुदले उनको पेटमा लागेर घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल रामेछापडाँडा ल्याइएको थियो। उनले त्यहाँ सामान्य उपचारपश्चात थप उपचारको लागी  पाटन अस्पताल काठमाडौंमा ल्याइएको छ। प्रहरीले १ नाल भरुवा बन्दुक र हतियारमा प्रयोग हुने बारुद जस्तो देखिने धुलो पदार्थ समेत प्रहरीले बरामदगरेको छ।

घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार