तपाईंलाई पाप लाग्छ रवि दाई

२०८१ जेष्ठ २, बुधबार

काठमाडौं : सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको कांग्रेसले भ्रातृ संस्थालाई सडकमा उतारेको छ ।

नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । गृहमन्त्री रवि लामिछाने आफूलाई संसदमा पहिले बोल्नु दिनुपर्ने माग गर्दै आएका छन् । उनले दोषी भए राजनीति छोड्ने बताएका छन् । तर नेविसंघले  ‘दोषी ठहर हुनलाई पहिले छानबिन हुनुपर्ला नि !’ भन्दै प्रदर्शन गरेको छ ।

गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै  ? भन्दै विद्यार्थीले गृहमन्त्री लामिछानेलाई प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार