समाजवादी मोर्चाको औचित्य छैन : मनिष सुमन

२०८१ जेष्ठ २, बुधबार

काठमाडौँ : जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले समाजवादी मोर्चाको औचित्य सकिएको बताएका छन् । पार्टी विभाजनपछि प्रतिपक्षमा पुगेका बेला मोर्चाको औचित्य सकिएको बताएका हुन् ।

‘समाजवादी मोर्चाको कुनै औचित्य छैन । यसअघि पनि औचित्य पुष्टि गर्न सकेको थिएन । हामी सहभागी हुँदैनौ’, उनले भने । जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला सङ्घीय परिषद् अध्यक्ष अशोक राई समूहले वैशाख २३ गते पार्टी विभाजन गरी निर्वाचन अयोगमा नयाँ दल दर्ता गराएका थिए ।

स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका यादवले सरकारलाई दिएको समर्थन कायमै राख्ने बताएका थिए । तर अशोक समूहले सकारमाथि दबाब बढाएपछि वैशाख ३१ गते यादव समूह सरकारबाट बाहिरिनुको साथै समर्थन फिर्ता लिएको थियो । गठन भएको एक वर्ष नपुग्दै मोर्चा संकटमा फसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार