गौशाला २६ पक्षको बहस सकियो, सन्दीप पक्षको जवाफी बहसपछि फैसला हुने

२०८१ जेष्ठ २, बुधबार

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला २६ पक्षको बहस सकिएको छ । खाजा समयपछि सन्दीप पक्षका दुई वकिलहरूले जवाफी बहस गर्नेछन् ।

हिजोबाट सुरू भएको सुनुवाइलाई आज निरन्तरता दिइएको हो । हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज ११ बाट बहस सुरू भयो । दुवै पक्षलाई डेढ घन्टा समय दिइएको थियो । त्यसअनुसार गौशाला २६ का वकिलहरूले खाजा समय अगाडि बहस सकेका छन् ।

अहिले सन्दीप पक्षलाई ५० मिनेटभित्र बहस सक्न भनिएको छ । सन्दीपका प्रमुख वकिल सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गर्नेछन् । त्यसपछि बहस टुंगिनेछ र फैसलाको प्रक्रियामा जानेछ । न्यायाधीशहरूले आजै फैसला सुनाउने तयारी छ । खाजा समय (१:३० देखि २:३०) मा इजालस ब्रेक रहेको छ । २:३० पछि सन्दीपका वकिलहरूले बहस गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार