रविविरूद्ध फैसला सुनाउन कांग्रेसका सांसद न्यायाधीश होइनन् : ओली

२०८१ जेष्ठ २, बुधबार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन नेपाली कांग्रेसको दादागिरीले चल्ने ठाउँ नभएको बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताए ।

उनले भने, ‘कांग्रेसका मान्छेहरू एमालेका विभिन्न नेताहरूमाथि मर्यादाहीन ढंगले आरोप उचालेर हिँडेका छन् । अहिले सदन चल्न पनि एमालेले नदिएको भनिरहेको छ । कांग्रेसकाले प्रधानमन्त्री र रवि लामिछानेले पनि चलाउँ भनिरहेका छन्, एमालेले चलाउन दिएको छैन भन्छन् । हामीले पनि चलाउनुपर्छ भनिरहेका छौं तर, संसद भनेको कांग्रेसको दादागिरीले चल्ने ठाउँ होइन । विधि र नियमले चल्छ । लोकतान्त्रिक तरिकाले चल्नुपर्छ ।’

उनले गृहमन्त्रीमाथि आरोप लगाउँदै फैसला सुनाउने कांग्रेसका सांसदहरू न्यायाधीश नभएको प्रष्ट्याए । उनले भने, ‘सांसदहरूले बोल्नै नपाउने, आरोपित गर्ने अनि बोल्नै नपाउने कस्तो खालको ? लोकतन्त्र भन्न अप्ठ्यारो लाग्दैन कांग्रेसलाई, कुनै माननीयमाथि व्यक्ति तोकेर आरोप लगाएपछि ? को न्यायाधीश हुन्छ नेपाली कांग्रेस, कुन सांसद न्यायाधीश हुन्छ फलानो अपराधी नै हुन्छ भनेर ? राजनीति स्वार्थ पूरा भएन भने अर्को अपराधी भइहाल्ने ? आफ्नो तर्फ आउन मानेन भने अपराधी भइहाल्ने ? कांग्रेसलाई शरम लाग्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार