डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश

२०८१ जेष्ठ २, बुधबार

काठमाडौँ : सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीवी) राईको ‘हत्या’ भएको दाबी गर्ने डिल्लीराम खनाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टले उनलाई ५ हजार धरौटीमा छाड्न आदेश गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । खनालले जीवी राईको हत्या भएको दाबी गरेर सामाजिक सञ्जाल ‘युट्युब’मा अन्तर्वार्ता दिएका थिए ।विद्युतीय अपराध अन्तर्गत झुटा अफवाह फैलाउन नहुने कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा बुधवार थुनछेक पुरा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार