कर्णालीमा शपथ बहिस्कार गरेका शाह मन्त्रीबाट हटाइए

२०८१ जेष्ठ २, बुधबार

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्री पदको शपथ नलिएका विनोदकुमार शाहलाई मन्त्रिपरिषदबाट हटाएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद शाहले मन्त्रालय चित्त नबुझेको भन्दै शपथ लिएका थिएनन् । मुख्यमन्त्री कँडेलले उक्त मन्त्रालय आफूसँगै राखेर शाहलाई मन्त्रिपरिषदबाट हटाएका हुन् । १८ वैशाखमा कँडेलले एमालेबाट ३ र सत्तारुढ दल माओवादी केन्द्रबाट ३ गरी ६ जना मन्त्री नियुक्त गरेका थिए ।

तर, शाहले दलका नेता समेत रहेका कँडेलले एकलौटी गरेको, सांसदहरूबीच कुनै सल्लाह नगरेको र पार्टी केन्द्रको निर्देशन विपरीत आफूलाई सामान्य मन्त्रालय दिएको भन्दै शपथ बहिष्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार