काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
३१ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगरमा पुगी श्रद्धाञ्जली अर्पण गरेकी हुन् । स्मृति दिवसका अवसरमा एमालेले बल्खुमा आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति तथा मदन भण्डारी पत्नी विद्या भण्डारी पनि सहभागी भएकी छिन् । सो क्रममा उनले मदन आश्रितको सालिकमा माल्यार्पण पनि गरेकी छन् ।





