काठमाडौँ : नेपाल एसबिआई बैंक र वन्डर्स नेपालबीच व्यावसायिक सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट हुनेछ।
बैंकका उपप्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्त अधिकृत राजेशकुमार पाण्डे र वन्डर्स नेपालका प्रमुख कार्यकारी अधिकृत कविन्द्रप्रसाद श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, बागमति प्रदेशका प्रमुख बिनोद कुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपाल प्रा. लि.का अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो ।





