टुसा उम्रिएको गेडागुडीलाई लामो समय सम्म सुरक्षित राख्ने तरिका ….

२०८१ जेष्ठ ३, बिहीबार

काठमाडाैं : जनै पूर्णिमाको विशेष खान्की क्वाँटी हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठुलो सिमी, ठुलो केराउ, सानो केराउ इत्यादिलाई भिजाएर टुसा उमारेर यसको झोल बनाएर खाने गरिन्छ । स्वाद र शक्ति दुवै मिल्ने भएकोले क्वाँटीको विशेषता भिन्न छ । यसले स्वास्थ्यलाई पुर्‍याउने फाइदाका कारण जनै पूर्णिमामा मात्रै नभई अन्य दिनमा पनि गेडागुडीको टुसा उमारेर खाने गरिन्छ ।

टुसा उम्रिन समय लाग्ने भएकोले हामी गेडागुडीलाई चाहिनेभन्दा बढी भिजाउने गर्छौँ । त्यसैले टुसा उम्रिन थालेपछि यो बिग्रने क्रम पनि सुरु हुन्छ । यत्तिकै राख्ने हो भने यो एक–दुई दिनमै गन्हाउन सुरु हुन्छ । तर तपाईंलाई यो भण्डारण गर्ने सही तरिका थाहा भयो भने यो लामो समयसम्म ताजा रहन सक्छ ।

आउनुहोस्, क्वाँटी भण्डारण गर्ने सही तरिकाबारे जानकारी लिऔँ:

गेडागुडीमा टुसा उम्रिसकेको छ भने यसलाई सफा पानीले राम्रोसँग धुनुहोस् । २–३ पटक सफा पानीले धोएपछि यसलाई पङ्खाको हावामा सुकाउनुहोस् ।

त्यसपछि यसलाई प्लास्टिकको ब्यागमा लुज गरेर प्याक गर्नुहोस् र फ्रिजमा स्टोर गर्नुहोस् । ब्यागमा हल्का हावा जान दिनुहोस् । यसो गर्दा यो धेरै समयसम्म ताजा रहन्छ ।

टुसा उम्रिएको सबै गेडागुडीलाई एकै पटक प्याक गर्नुको साटो छुट्टा छुट्टै प्याक गर्नुहोस् । अर्थात्, एउटा प्लेटमा थोरै टुसा उम्रिएको गेडागुडी फिँजाउनुहोस् र त्यसपछि एउटा पेपर राख्नुहोस् । यो पेपरमा अर्को गुडागुडी राखेर फिँजाउनुहोस् ।

कागजको साटो तपाईंले कुनै कपडाको प्रयोग पनि गर्न सक्नुहुन्छ । यस्तो गर्दा टुसा उम्रिएको गेडागुडी ब्याक्टेरिया र दुर्गन्धबाट टाढा रहनेछ ।

टुसा उम्रिएको गेडागुडीलाई लामो समयसम्म ताजा राख्नका लागि भिजाउने समयमा यसलाई हावादार स्थानमा राख्नुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार