पदयात्राका क्रममा सम्पर्कबिहीन भएका भारतीय पर्यटक सकुशल भेटिए

२०८१ जेष्ठ ३, बिहीबार

पोखरा : अन्नपूर्ण फेरोको पदयात्राको क्रममा अलपत्र परेका दुइजना भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ। मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार सातजना पुरुष र तीनजना महिला सहित १० जना भारतीय पदयात्री पर्यटक मनाङ हुँदै थोराङला भज्याङ पार गरेर बुधबार मुस्ताङ ओर्लदै थिए। उनीहरुको साथमा गाइड र सहयोगी गरि ६ जना नेपाली पनि थिए।

पदयात्राका क्रममा थोराङला भञ्ज्याङ पार गरेर मुक्तिनाथ झर्ने क्रममा भारतीय समूहका दुईजना पदयात्री पछाडि परेको पाण्डेले बताए। उनका अनुसार भारत मुम्बईका टोनी पारमर र अमनजोती पारमर बीचमै सम्पर्कविहीन भएका थिए।

‘पदयात्राका क्रममा पारमर जोडि अरु भन्दा पछाडि परेछन। अनि त्यहीबेला मौसम बिग्रियो। मौसम बिग्रेपछि उनीहरु बीचमै अलपत्र परेका रहेछन,’ पाण्डेले भने, ‘जतसोतसो उनीहरु छाप्रोमा बस्न पाएछन। बुधबार रातभर छाप्रोमा बास बसेका रहेछन। विहीबार बिहान प्रहरीले उद्धार गरेको हो।’

पाण्डेका अनुसार उनीहरु बुधबार दिउँसोदेखि नै सम्पर्कविहीन थिए । ‘अचानक मौसम बिग्रेपछि उनीहरु हिड्नै सकेनन। हिउँ परेपछि आत्तिएर टहरेमा बस्न गएछन,’ उनले भने, ‘टहरोमा बसेकोले उनीहरु सकुशल रहे।’

समूहमा रहेका पदयात्री सम्पर्कविहीन भएपछि अरु पदयात्रीले विहीबार बिहान साढे ५ बजे नै टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय मुक्तिनाथमा खबर गरेका थिए। त्यसपछि डिएसपी पाण्डेको नेतृत्वमा सातजना र इलाका प्रहरी कार्यालयका दुइजना गरि तथा नारायण दल गणबाट समेत सुरक्षाकर्मी परिचालन भएको थियो।

पदयात्राको टोलिमा रहेका नेपाली सहयोगी सहित टोली खोजतलासको लागि खटिएको थियो। तर, हेलिकप्टरमा गएको टोलीले विहीबार बिहान १० बजे थोराङला भन्दा तल पर्ने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ को तल्लो टि–सपको छाप्रोमा उनीहरुलाई फेला पारिएको पाण्डेले बताए। उनीहरुलाई हेलिकप्टरबाट उद्धार गरी जोमसोम हुँदै काठमाडौ पठाएको पनि उनले बताए। नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार