यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०८१ जेष्ठ ४, शुक्रबार

काठमाडौँ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ ८५ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार