मेयर बालेनविरुद्ध कुटपिट र लुटपाटको मुद्दा

२०८१ जेष्ठ ४, शुक्रबार

काठमाडौँ : मेयर बालेन्द्र शाह ‘बालेन’ र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित काठमाडौँ महानगरपालिकाका ३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। मेयर शाह, नगर प्रहरी प्रमुख पाण्डे र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध कुटपिट र लुटपाटको अभियोगमा बिहीबार जिल्ला अदालतमा काठमाडौँमा मुद्दा दायर गरिएको हो।

अदालतका अनुसार प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूलाई कुटपिट र लुटपाट गरिएको दाबी गर्दै उनीहरूविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका हुन्।

उनीहरूविरुद्ध कुटपिट अभियोगमा मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना तथा लुटपाट अभियोगमा दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरिएको छ।

गत फागुन १६ गते सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको थियो। सो क्रममा आफूलाई कुटपिट गरिएको र क्यामेरालगायत सञ्चार उपकरण फुटाइदिएको आरोप प्रधान सम्पादक पोखरेलले अदालतमा दिएको निवेदनमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार