दाङको बेलझुण्डीमा बस दुर्घटना, १० यात्रु घाइते

२०८१ जेष्ठ ४, शुक्रबार

घोराही : दाङमा भएको बस दुर्घटनामा दश जना घाइते भएका छन्।

घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३-०१००६ ख ०९७५ नम्बरको बस दुर्घटना हुँदा १० यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिएका छन् । उनले घाइतेको अवस्था सामान्य रहेको बताए।

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार घाइतेलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर रिफर गरिएको छ। उनका अनुसार बस दुर्घटनाको कारण खुलेको छैन। शुक्रबार पाँच बजे तुलसीपुरको बसपार्कबाट छुटेको बस बेलझुण्डीमा दुर्घटनामा परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार