अण्डाको मूल्य बढ्यो

२०८१ जेष्ठ ४, शुक्रबार

काठमाडौँ : नेपाल लेयर कुखुरापालक संघले अण्डाको मूल्यमा वृद्धि गरेको छ ।

संघको शुक्रबार बसेको बैठकले शनिबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । बैठकले देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ । संघका अनुसार नयाँ मूल्य मिडियम साइजको अण्डा प्रतिक्रेट ४५० रुपैयाँ पर्नेछ । यस्तै, ठुलो अण्डा प्रतिक्रेट ४६५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ४८० रुपैयाँ पर्नेछ ।

किसानले लागत उठाउन नसकेकाले मूल्य बढाएको संघका सचिव मदन पोखरेलले जानकारी दिए । संघले यसअघि वैशाख २३ गते पनि अण्डाको मूल्य बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार