१७५ जना बोकेर उडेको विमानमा आगो लागेपछि आकस्मिक अवतरण

२०८१ जेष्ठ ४, शुक्रबार

 काठमाडौँ : भारतको बेंगलुरुका लागि उडेको एयर इन्डियाको विमानको एयर कन्डिसन युनिटमा आगो लागेको छ।

आगलागीका कारण विमान राष्ट्रिय राजधानी नयाँ दिल्ली फर्किएको बताइएको छ। स्रोतका अनुसार उडेको विमान एआई ८०७ राष्ट्रिय राजधानीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। विमानमा १७५ जना सवार रहेको स्रोतले जनाएको छ।स्रोतका अनुसार विमानको वातानुकूलित एकाइमा आगो लागेको र आपतकालीन घोषणा गरिएको छ।

विमान साँझ ६.४० बजे सावधानीपूर्वक सुरक्षित अवतरण गरेको छ। एयरलाइन्सका एक अधिकारीले यात्रुहरूका लागि बेंगलुरु जान वैकल्पिक व्यवस्था गरिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार