इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनामा अमेरिकी सांसदले गरे षड्यन्त्रको आशंका

२०८१ जेष्ठ ७, सोमबार

काठमाडौँ : अमेरिकी सांसद चक सुमरले इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटना हुनुमा षड्यन्त्रको आशंका गरेका छन्। अमेरिकी सिनेटका वरिष्ठ डेमोक्र्याट सांसद चक सुमरले हेलिकप्टर दुर्घटनाको पछाडि कुनै षड्यन्त्र छ भनेर अहिले नै भन्न भने नसकिने बताए।

‘उत्तर-पश्चिम इरानमा मौसम धेरै खराब थियो, जहाँ हेलिकप्टर दुर्घटना भयो। यो दुर्घटनाजस्तै देखिन्छ’, सुमरले भने, ‘तर दुर्घटनाको पूर्ण अनुसन्धान हुन बाँकी छ।’

दुर्घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जानकारी दिइएको छ। आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार