राष्ट्रिय वाणिज्य बैंकको सीईओमा ५ जनाको नाम सर्टलिस्ट

२०८१ जेष्ठ ७, सोमबार

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) का लागि  पाँच जना उमेदवारहरु सर्टलिष्ट भएका छन् ।

बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिका अनुसार सर्टलिष्टमा सीईओ पदका लागि कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल,  प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन् । यी मध्ये  देवेन्द्र रमण खनाल हाल बैंकको कामु सीईओ छन् ।

साथै बैंकले प्रमुख कार्यकारी अधिकृत पदका उम्मेदवारहरूका लागि प्रस्तुतीकरण र अन्तरवार्ता लागि समेत तोकेको छ । बैंकले उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्य योजनाको मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने पाँच जना उम्मेदवारहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बोलाएको छ ।

सर्टलिष्टमा परेका उम्मेदवारहरुले अन्तरवार्तामा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण गर्नुपर्ने छ । यसैगरी, अन्तरवार्ता तथा  प्रस्तुतीकरणका लागि छनोट भएका उम्मेदवारहरू आफूले पेस गरेका सम्पूर्ण सक्कल कागजात सहित आगामी जेठ ९ गते राष्ट्रिय वाणिज्य बैंकको कार्यालय सिंहदरबार प्लाजामा उपस्थित हुनु पर्नेछ । जसमध्येबाट संचालक समितिले एक जनालाई सीईओ नियुक्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार