बुझेर कदम चाल्नुहोला, महानगरका कर्मचारीको अनाहकमा अपमान सहँदैनौँ : बालेन

२०८१ जेष्ठ ७, सोमबार

काठमाडौँ : पक्राउ गरिएका काठमाडौँ महानगरको फोहोरको गाडी चलाउने चार चालकलाई छोडिएको छ ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले चालकलाई छोडिएको जानकारी दिँदै आफ्नो कर्तव्य निभाई रहेका महानगरका कर्मचारीको अपमान नसहने बताएका छन्। बुझेर कदम चाल्न चेतावनी दिँदै बालेनले पदमा तलमाथि र भूमिकामा तलमाथि भएपनि महानगरका कर्मचारीको आत्मसम्मानमा संवेदनशील रहेको बताएका छन् ।

उनले भने-

फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको खबर पाए । जो कोहीले यत्ति बुझ्नुहोला – पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ ।  अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन ।  बुझेर कदम चाल्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार