पूर्वराजा शाहद्वारा पाटन दरबारको भ्रमण

२०८१ जेष्ठ ७, सोमबार

ललितपुर : पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ललितपुरको पाटनका विभिन्न धार्मिक एवं ऐतिहासिक महत्व बोकेका मठमन्दिरमा पूजा अर्चना गरेका छन् ।

सांस्कृतिक एवं धार्मिक दृष्टिकोणले छुट्टै पहिचान बोकेको  हिरण्य वर्ण महाविहार, बङ्गलामुखी मन्दिर र कृष्ण मन्दिरमा शाहले पूजाआजा गरेका हुन् । उनी पाटन पुग्दा स्थानीयले स्वागत गरेका थिए । भ्रमणको क्रममा उनलाई सयौँ समर्थक तथा शुभचिन्तकहरुले बाजागाजासहित स्वागत गरेका थिए । नेपालको राष्ट्रिय झन्डा लिएर उपस्थित भएका समर्थक तथा शुभचिन्तकहरुले पूर्वराजा शाहको जयजयकार समेत गरेका थिए ।

भ्रमणका क्रममा उनले पाटन दरबार क्षेत्रमा रहेका विभिन्न देवी देवताको पुजाआजा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार