चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको बाघ नियन्त्रणमा

२०८१ जेष्ठ ८, मंगलवार

भरतपुर : चितवन राष्ट्रिय निकुञ्जबाट मानव वस्तिमा निस्किएर घर पालुवा जनावरलाई आक्रमण गर्न लागेको बाघलाई मंगलबार  नियन्त्रणमा लिइएको छ । पश्चिम चितवनको मेघौली क्षेत्रबाट नियन्त्रणमा लिइएको बाघलाई अहिले कसरा स्थित खोरमा राखिएको छ ।

निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार नियन्त्रणमा लिइएको बाघ साढे दुई वर्षको हो । बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको हो । समस्याग्रस्त बाघको संरक्षणमा समस्या भइरहेका बेला निकुञ्जले पुन बाघ नियन्त्रणमा लिएको हो । खोरमा थुनिएको बाघ भटाभट मरिरहेका बेला अहिले बाघ नियन्त्रणमा लिन परेको हो ।

डा. श्रेष्ठले आमाबाट छुट्टिने बेलामा ठुला जनावर आक्रमण गर्न नसक्दा सो बाघ मानव वस्तिमा आएर दुख दिन लागेको बताए । उसको अवस्था हेरी अध्ययन पछि मात्रै उसलाई पुन जङ्गलमा छाड्ने नछाडिन निर्णय हुने पनि उनले बताए । करिब एक वर्ष यता चितवन र पर्सामा गरी ४ वटा थुनिएका बाघ मरेका छन् । अहिले चिडिया खाना सहित चितवन, बर्दियामा गरी अहिलेको सहित  १५ बाघ थुनेर पालिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार