
काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले घटेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १२ सय रूपैयाँले घटेर १ लाख ४० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ घटेर प्रतितोला १ हजार ८ सय ८५ रूपैयाँ कायम भएको छ ।