कैलालीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु

२०८१ जेष्ठ ८, मंगलवार

कैलाली : कैलालीमा चट्याङ लागेर १५ वर्षीया एक किशोरीको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका ९ उत्तरपूर्वा बस्ने लालसिंह बिककी १५ वर्षीया छोरी ममताको गएराति चट्याङ लागर मृत्यु भएको प्रहरीले जनाएको छ।

पसलबाट घर फर्कने क्रममा सडकमा हिँडिरहेको बेला चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। ममता स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गरिरहेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार