धनबहादुरको सम्पत्ति : घरमात्रै ८ वटा, ६० लाख नगद

२०८१ जेष्ठ ८, मंगलवार

काठमाडौँ : सहरी विकास मन्त्री धनबहादुर बुढाको काठमाडौँ र डोल्पामा गरेर ८ वटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको सम्पत्ति विववरणमा उनले डोल्पाको ठूलोभेरी नगरपालिका वडा नम्बर ३ मा करिब पाँच रोपनी जग्गामा बनेको ३ तले र २ तलेका ४ वटा घर रहेको उल्लेख गरेका छन्।

मन्त्री बुढाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरण अनुसार श्रीमती हिमालीको नाममा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा १७ आनामा बनेको ७ तले एउटा घर रहेको खुलाएका छन्। सोही वडामा ७ आनामा बनेको अर्को एउटा घर पनि रहेको उनले उल्लेख गरेका छन्।

यस्तै श्रीमती हिमालीकै नाममा सोही वडामा ३ तलाका २ वटा घर रहेको मन्त्रीले खुलाएका छन्। उनले सुन १ सय ५० तोला, चाँदी ३ सय तोला, नगद ६० लाख र हाइलक्स प्राडो २ वटा रहेको बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार