सन्दीपलाई विश्वकपमा पठाउन क्यानले अघि बढायो भिसा प्रक्रिया

२०८१ जेष्ठ ८, मंगलवार

काठमाडौँ : नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन भिसा प्रक्रिया थालेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै क्यानले लामिछानेलाई विश्वकप खेलाउन अमेरिका पठाउने तयारी थालिएको जनाएको हो । क्यानले लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लगायत सम्बन्धित निकायमा गम्भीरतापूर्वक पहल गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार