नेपाल सोलार फार्मले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

२०८१ जेष्ठ ८, मंगलवार

काठमाडौं : नेपाल सोलार फार्म लिमिटेडले रु. १२ करोड बराबरको प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँको दरले १२ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टड कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा नेपाल सोलार फार्म लिमिटेडको तर्फबाट सञ्चालक जितेन्द्र भट्टराई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

वि.सं. २०७४ सालमा प्रा.लि. को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको नेपाल सोलार फार्म लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बाफल, काठमाडौंमा रहेको छ । अधिकृत पूँजी ३० करोड रुपैयाँ र जारी पूँजी २५ करोड रुपैयाँ रहेको यस कम्पनीको सोलार फार्मको आयोजना कास्की जिल्ला, रुपाकोट गाउँपालिकाको वडा नं.६, सिम्लेमा रहेको छ ।

कम्पनी अन्तर्गत निर्माण सम्पन्न भएको आयोजना सोम राधाकृष्ण सोलर फार्मबाट मिति २०७९/०७/१४ देखि ४ मे. वा. क्षमताको विद्युतशक्तिको व्यापारिक उत्पादन शुरु भई राष्ट्रिय प्रसारण लाइनमा जोडिईसकेकोछ । भविष्यमा थप सौर्य उर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेको यस कम्पनीमा सोलार लगायत अन्य विभिन्न उर्जा तथा विकास निर्माण क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार