भोलि सार्वजनिक बिदा

२०८१ जेष्ठ ८, मंगलवार

काठमाडौं : ललितपुर महानगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ ।

महानगरपालिकाको १८ वैशाखमा बसेको कार्यपालिका वैठकले मछिन्द्रनाथको रथयात्रा अन्तर्गत नरिवल खसाल्ने दिन स्थानीय बिदा दिने निर्णय गरेको हो ।

‘नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहुर्तमा नगरबासीको उल्लेख्य उपस्थिति र परम्परादेखिको धार्मिक महत्वको दिन भएकाले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरुमा स्थानीय बिदा दिने निर्णय भएको हो’, महानगरपालिकाले विदाको सूचनामा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
0

ताजा समाचार