घट्यो सुनको मूल्य

२०८१ जेष्ठ ९, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ । छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ४० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ८५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १९ सय रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार