काठमाडौँ : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडक आन्दोलन गर्ने भएको छ।
सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको हो। आवश्यकता अनुसार उपत्यका बाहिर पनि प्रदर्शन गर्ने निर्णय बैठकले गरेको छ।





