अमेरिकाद्वारा भिसा अस्वीकार रद्दलगत्तै पारसले सन्दीपलाई लिएर फेरि दूतावासमा

२०८१ जेष्ठ ९, बुधबार

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा नदिएपछि नेपाल क्रिकेट संघ (क्यान) स्तब्ध बनेको छ । आज अन्तर्वार्तामा बोलाएर सन्दीपलाई भिसा नदिई फर्काइएको थियो ।

सन्दीपले आफ्नो मुद्दामा अदालतबाट पूर्ण सफाइ पाइसकेका छन् । उनको भिसा रोक्नुपर्ने कुनै कारण थिएन । दूतावासमा प्रभाव भएका केही अभियन्ता, नेता र मिडियाले सन्दीपलाई भिसा रोक्न दबाब दिएका थिए । क्यान स्रोतले अमेरिकी दूतावासको शैलीप्रति खेद व्यक्त गर्‍यो ।

स्रोतले भन्यो, ‘मुद्दाबाट सफाइ पाइसकेको प्रख्यात खेलाडीलाई भिसा नदिनु आपत्तिजनक छ’, स्रोतले भन्यो । भिसा रद्दलगत्तै क्यान सचिव पारस खड्काले सन्दीपलाई लिएर फेरि दूतावास गएका छन् । विश्वकपमा जाने खेलाडीलगायत सबैको भिसा प्रक्रियामा पारसले दूतावाससँग समन्वय गरिरहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार