कांग्रेसले सरकारविरुद्ध १३ गते काठमाडौंमा प्रदर्शन गर्ने

२०८१ जेष्ठ ९, बुधबार

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

संसदीय दल र केन्द्रीय कार्यसमितिको बुधबार बसेको संयुक्त बैठकले १३ गते भृकुटीमण्डपमा प्रदर्शन गर्ने निर्णय गरेको हो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘प्रदेश र जिल्लाले पनि आफ्नो कार्यक्रम गर्दै जानेछ ।’ सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्ने मागमा सरकार गम्भीर भएको कांग्रेसको ठहर छ ।

कानुनी राज्यका मर्यादा विपरीत सरकार चलेको र कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेर सरकारले मिडियालाई त्रासमा राख्न खोजेको हुनसक्ने कांग्रेसको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार