मुक्तिनाथ विकास बैंकद्वारा दुई जिल्लामा वृक्षरोपण कार्यक्रम सम्पन्न

२०८१ जेष्ठ ९, बुधबार

काठमाडौं : मुक्तिनाथ विकास बैंकले दुई जिल्लामा सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।

 

कम्पनीले इलाम जिल्लास्थित इलाम नगरपालिकाको चियाबारी–७ र पाटेनागी १ मा करिब २५० वटा तथा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको किसन नगर(६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षरोपण गरेको हो ।

कम्पनीले यस्तो खालको कार्यक्रमले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पुर्याउने बताएको छ । कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति थियोे ।

कम्पनीले डिजिटल कारोबारलाइ प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निः शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार