तपाइको आजको राशिफल : आज मिति २०८१ साल जेठ १० गते बिहिवार

२०८१ जेष्ठ १०, बिहीबार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तको प्रगतिमा मन रमाउनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लाभहानी, सुखदुःख बराबरी रहनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । विश्वासमा कमी आएता पनि विश्वास गर्न जरूरी हुन्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पारिवारिक झमेला रहला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार