रविले ठगी धन्दा छोप्न गालीगलौजको सहारा लिए :भीम रावल

२०८१ जेष्ठ १०, बिहीबार

काठमाडौं : नेकपा एमालेका नेता डा.भीम रावलले गृहमन्त्री रवि लामिछानेले कानुन मिच्दा कसरी छुट हुन्छ ? भनेर प्रश्न गरेका छन् । उनले गृहमन्त्रीको एकै पटक नेपाली तथा अमेरिकी नागरिकता र राहदानी भएको साथै गृहमन्त्री झण्डै एक अर्ब रुपैयाँ सहकारीको रकम ठगीमा संलग्न रहेको बताएका छन् ।

उनले गृहमन्त्रीको गलत कामको कान्तिपुरसहित विभिन्न संचारमाध्याममा समाचार छताछुल्ल भएपछि त्यसलाई छोप्न सकिन्छ कि भनेर गालीको सहारा लिएको टिप्पणी गरेका छन् ।

उनले फेसबुकमा गरेको पोस्टमा रविका समर्थकले नकारात्मक कमेन्ट गरेका थिए । त्यसपछि आज फेरी अर्को पोष्ट लेख्दै उनले पराजित मनस्थितिले लामिछानेको बारेमा उठेका प्रश्नहरूको औचित्य अझ स्पष्ट भएको उल्लेख गरेका छन् ।

उनले कैलाश सिरोहियाले नागरिकता कानुन मिचेका भए कारबाही हुनुपर्ने बताएका छन् । तर, राज्यका जिम्मेवार पदमा बस्नेले कानुन मिच्दा अझ बढी दण्ड सजाय हुने व्यवस्था रहेको स्मरण गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार