सन्दीपलाई भिसा दिलाउन सरकारले थाल्यो पहल, खेलकुद मन्त्रालयले लेख्यो परराष्ट्रलाई पत्र

२०८१ जेष्ठ १०, बिहीबार

काठमाडौं : अमेरिकी राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ।

आज युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँगको कुराकानी पश्चात युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भीसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको छ।

मन्त्री श्रेष्ठले सन्दीपको भीसाको लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरिरहेको जानकारी दिँदै त्यसका लागि आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको बताए । अब परराष्ट्र मन्त्रालयले सन्दीपको भीसाको विषयमा काम कारबाही अगाडि बढाउनेछ। हिजो सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो। उनी आईसीसी टी-२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार