कार्यदलमा कांग्रेसले राख्यो नयाँ प्रस्ताव

२०८१ जेष्ठ ११, शुक्रबार

काठमाडौं : सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ प्रस्ताव गरेको छ ।

कांग्रेसले नयाँ प्रस्ताव ल्याएपछि त्यसबारे अतिरिक्त छलफल गर्न अहिले बैठक स्थगित भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
कानुन मन्त्रालयमा शुक्रबार बसेको बैठकमा सहमति नजुटे पनि छलफल सकारात्मक भएको समेत उनले जानकारी दिए ।

‘अतिरिक्त छलफल केही गर्नु पर्ने भयो । कांग्रेसबाट पनि साइड छलफल गर्ने भन्ने भयो । कांग्रेसले गृहमन्त्री रवि लामिछानेकै नाम किटान गर्ने अडान लिँदै आएको थियो । यो सकिँदैन भन्ने भएपछि उहाँहरूले थप लचक भएर गृहमन्त्री संलग्न भएका सहकारीको नाम समेटेर जाउँ भन्ने प्रस्ताव ल्याउनु भएको छ,’ उनले भने, ‘अब गृहमन्त्रीसँग पनि केही कुरा गर्नुपर्नेछ। उहाँसँग कुरा भएपछि फेरि हामी बस्छौँ ।’

समिति बनाउनेबारे सहमति नजिक भएकोले कांग्रेसले संसद् बैठक अवरोध गर्नु सही नहुने बर्तौलाको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार