पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

२०८१ जेष्ठ ११, शुक्रबार

काठमाडौँ : इलामको माई खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा माई नगरपालिकास्थित माइखोलामा डुबेर ११ वर्षीय मिङसुहाङ लिम्बु र किस्मन आङदेम्बेको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मिङसुहाङलाई उद्धार गरेर उपचारका लागि स्थानीय मेडिकल लगिएको थियो। थप उपचारका लागि बिएन्डसी लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। किस्मनको भने शव फेला परेको थियो। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार