राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

२०८१ जेष्ठ ११, शुक्रबार

काठमाडौं : राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए।

कांग्रेसले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको कारवाही अवरोध गर्ने अडान लिँदै आएको छ। कांग्रेसले अवरोध जारी राखेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ १३ गते बिहान ११ः ३० बजेसम्मको लागि स्थगित गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार