युक्रेनको खार्किभमा रुसी मिसाइल आक्रमणमा परी सात जनाको मृत्यु, दर्जनौं घाइते

२०८१ जेष्ठ ११, शुक्रबार

काठमाडौं : युक्रेनको खार्किभमा रुसी मिसाइल आक्रमणमा परी सात जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । खार्किभका गभर्नर ओलेह सिन्येहुबोभले यो जानकारी दिएका छन्। उनले दुई जना बेपत्ता भएको पनि दाबी गरेका छन् । ओलेहले स्थानीय बासिन्दालाई घरभित्रै बस्न आग्रह गरेका छन् ।

युक्रेनको सरकारी रेलवे कम्पनीले रुसको आक्रमणबाट आफ्ना धेरै बेसमा क्षति पुगेको र धेरै कर्मचारी घाइते भएको दाबी गरेको छ । युक्रेनी मोर्चालाई कमजोर बनाउन रुसले खार्किवमा आक्रमण बढाएको छ ।

ओलेहले भोभचान्स्क वरिपरि युद्ध जारी रहेको तर स्थिति युक्रेनी सेनाको नियन्त्रणमा रहेको बताए । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युक्रेनको कमजोर हवाई प्रतिरक्षाको फाइदा उठाइरहेको बताएका छन् ।

जेलेन्स्कीले हवाई प्रतिरक्षालाई बलियो बनाउन आफ्ना सहयोगीहरूबाट लगातार आधुनिक लडाकु विमानहरूको माग गरिरहेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दावी गरे – उनी खार्किभ कब्जा गर्न चाहँदैनन् र रूसी सीमामा सुरक्षा घेरा बनाउन चाहन्छन्। युक्रेनको खार्किभमा रुसी मिसाइल आक्रमणमा परी सात जनाको मृत्यु, दर्जनौं घाइते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार