‘गाउँ आएको बाटो’मा दयाहाङको नयाँ ‘लुक’

२०८१ जेष्ठ ११, शुक्रबार

काठमाडौँ : जेठ २५ देखि प्रदर्शनमा आउने फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई बाल कलाकार प्रसन राईको प्रमुख अभिनय देख्न सकिन्छ । उभौली पर्वको अवसरमा सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता दयाहाङ अन्य फिल्ममा भन्दा फरक अवतारमा देखिएका छन् ।

अमोद राई निर्माता रहेको यो फिल्मलाई निर्देशक सुब्बा र महेश राईले लेखेका हुन् । सामुदायिक लगानीमा बनेको यो फिल्मलाई विश्वका दर्शकले झैं नेपाली दर्शकले पनि मनपराइदिनेमा आशावादी छन् । सामुदायिक लगानीमा बनेको यो फिल्मलाई अमेरिकन छायाँकार जोश हेरमले खिचेका हुन् ।

फिल्ममा हाइडी लीको संगीत, केदार श्रेष्ठको कास्टिङ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको साउन्ड डिजाइन, सिकुमा राईको पहिरण, क्वान पुन लुङको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार