प्रहरीमा जागिर लगाइदिने भन्‍दै ३ लाख ठगेको आरोपमा एकजना पक्राउ

२०८१ जेष्ठ १२, शनिबार

मोरङ : प्रहरीमा जागिर लगाइदिने भन्‍दै ३ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-३ बस्‍ने ४५ वर्षीय पन्चु पासवान रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि ठगी कसूरमा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

पासवानले कटहरी-५ बस्‍ने सम्पतलाल झागडका छोरा राजकुमार उराँवलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिन्छु भन्‍दै ३ लाख ३० हजार नगद ठगी गरेको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार