माओवादीसँग सहकार्य भएपनि तत्काल एकता हुँदैन : शंकर पोखरेल

२०८१ जेष्ठ १२, शनिबार

रुपन्देही : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले-माओवादी सहकार्य निरन्तर रहने भएपनि तत्कालै पार्टी एकता संभव नभएको बताएका छन् । शुक्रबार नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा महासचिव पोखरेलले अहिले नै पार्टी एकता संभव नभएको प्रष्ट पारेका हुन् ।

‘तत्काल एमाले र माओवादी पार्टी एकीकरण हुने होकी भन्ने सोच्नु भएको छ भने अहिले हतार हुने भन्दै तत्काल पाटी एकीकरण नहुने र विगतको अनुभव र एकताले माथिबाट नेताहरु मिलेर मात्र पार्टी एकता सफल हुँदैन, कार्यकर्ताहरु देखि नीति विचार सबै मिलेर गरेको एकता मात्र दिगो हुने विषयमा पार्टी प्रष्ट रहेको छ’, उनले भने ।

पोखरेलले अहिलेको शत्ता समीकरणलाई २०८४ को निर्वाचनसम्म लैजाने गरी सहकार्य गरिएको बताए । कांग्रेस नेतृत्वको गठबन्धनले मुलुकलाई अधोगतीमा लगिरहेको अवस्था परिवर्तनका लागि एमालेले सबै कुरा छोडेर नयाँ सत्ता समीकरण निर्माण गरेको एमाले महासचिव पोखरेलको भनाइ थियो । अहिले एमालेले प्रधानमन्त्री पनि नमागेको र महत्वपुर्ण मन्त्रालयमा पनि दावी नगरेको बताउँदै ८४ मा एकल बहुमतको सरकार बनाउने योजनामा रहेको बताए ।

पोखरेलले देश विकासका लागि दुरदर्शी नेतृत्व, बलियो राजनीतिक शक्ति र राजनीतिक स्थिरता आवश्यक रहेको अवस्थामा एमालेसंग बलियो दुरदर्शी नेतृत्व भएकोले आगामी ८४ को लागि तयारीका साथ अगाडि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार