सनराइजर्स हैदरावाद आइपिएलको फाइनलमा

२०८१ जेष्ठ १२, शनिबार

काठमाडौँ : सनराइजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ ।

शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स फाइनलमा पुगेको हो । सनराइजर्सले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै १३९ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १७५ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्स तेस्रो पटक फाइनलमा पुगेको छ । यस अघि सनराइजर्सले २०१६ मा उपाधि जितेको थियो भने २०१८ मा फाइनलमा पराजित भएको थियो । अब फाइनल खेल आइतबार सनराइजर्स हैदरावादले कोलकोता नाइट राइडर्ससँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार