काठमाडौं : सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति खोज्न नेताहरु फेरि छलफलमा जुटेका छन् । अहिले कानून मन्त्रालयमा कार्यदलको बैठक जारी छ ।
बैठकमा कानूनमन्त्रीसमेत रहेका कार्यदलका संयोजक पदम गिरी, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका नेताद्वय जीवन परियार र ज्ञानेन्द्र कार्की, रास्वपाका नेता शिशिर खनाल र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् । कार्यदलको बैठकमा पाण्डे भने पहिलो पटक सहभागी भएका हुन् ।
कार्यदलले सहमतिको मिलनविन्दु खोज्न निरन्तर प्रयास गरिरहेको छ । टीओआरमा सहमति गरेर सदन खुलाउन दुवै पक्ष लचक भएका छन्, तर सहमति जुट्न सकेको छैन ।





